२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

साझा मुद्दामा राजनीतिक दल एक हुुनुको विकल्प छैनः नेता सिटौला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनताका साझा मुद्दामा सबै राजनीतिक दलहरु एकठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।

कांग्रेसको भातृ सङ्गठन नेपाल किसान महासङ्घ कोशी प्रदेश समितिको आज दमकमा आयोजित प्रथम प्रादेशिक अधिवेशनको उद्घाटन गर्दै नेता सिटौलाले देश र जनताको परिवर्तनका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन र समृद्धितर्फ देशलाई लैजान ठूला दलहरुबीच सहकार्य भएको समेत उल्लेख गरे।

देशको मुख्य आधार स्रोत कृषि क्षेत्र भए पनि लक्ष्यअनुसार कृषि क्षेत्रले प्रतिफल दिन नसकेको उल्लेख गर्दै उनले हाम्रो कृषि कर्मलाई निर्वाहमुखी मात्र नभई व्यावसायिकसँगै उद्योगका रुपमा विकास गरिनुपर्ने उल्लेख गरे।

प्रकाशित: २२ श्रावण २०८२ २१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App