४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन नहुने आशंका बढ्यो : एमाले सचिव बस्नेत

नेकपा (एमाले)का सचिव महेश बस्नेतले फागुन २१ को निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुने विषयमा आशंका रहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन प्रक्रियामै सरकारले नै  षड्यन्त्र गर्न सक्ने बताएका छन्। 

बस्नेतले विगतमा बार्बरा फाउन्डेसनदेखि विभिन्न विवादित डोनरहरूसँग जोडिएका तथा एनजिओ–आइएनजिओमा आबद्ध व्यक्तिहरू मन्त्री बनेर सरकारमा पुगेको भन्दै सरकारले रास्वपालाई सहयोग गर्न  खोजेको बताएका छन् । 

उनले भने ‘हिजो बार्बरा फाउन्डेसनदेखि विविध विवादित डोनरहरूसँग सम्बन्धित एनजिओ–आइएनजिओमा आबद्ध व्यक्तिहरू मन्त्री बनेर सरकारमा आबद्ध भएका थिए। आज सरकार पनि रास्वपालाई सहयोग गर्ने तरिकाले अगाडि बढेको देखिन्छ।’  

निर्वाचनमा कसैको एजेन्डा स्थापित गर्न र कसैलाई जिताउन सरकार माध्यम बन्न खोजेको भन्दै पछिल्लो समय निर्वाचन दुई चरणमा गर्ने चर्चा, चैत वा वैशाखमा हिमाली जिल्लामा हिमपातको बहानामा चुनाव सार्ने, त्यस अवधिमा मतपेटिका प्रहरी तथा सेनाका ब्यारेकमा राख्ने र त्यसकै आधारमा जित–हारको हिसाबकिताब गर्ने तहसम्मको षड्यन्त्रमा सरकार संलग्न हुने लावी गरेका छन् ।  

‘यो निर्वाचनमा गम्भीर षड्यन्त्र, गम्भीर धाँधली र स्वतन्त्र तथा निष्पक्ष निर्वाचन हुने विषयमा गम्भीर आशंका सिर्जना भएको छ, त्यो पनि सरकारकै तर्फबाट।’ उनले भने ।     

प्रकाशित: २१ माघ २०८२ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App