२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

दमक नगरपालिकाभित्र कालोपत्र नभएको सडक खोज्नुपर्ने अवस्था छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो यो क्षेत्रमा कालोपत्र हेर्न राजमार्ग आउनु पर्थ्यो, अहिले कालोपत्र नभएको सडक खोज्नु पर्ने अवस्था पुगेको बताएका छन्।

आज झापाको दमकमा तीन पाङ्ग्रे सवारी चालक श्रमिकहरूसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन्। अध्यक्ष ओलीले भने, 'पहिलो पटक यो क्षेत्रमा आफू चुनाव प्रचारमा हिँड्दा गाडीमा नै कोदालो (फरुवा) बोकेर हिँड्नु पर्थ्यो। पूर्वपश्चिम राजमार्ग बाहेक अन्य क्षेत्रमा कालोपत्र सडक थिएन।'

खासगरी २०७२ सालपछि नेकपा एमाले नेतृत्वमा सरकार निर्माण भएपछि अहिले कालोपत्र सडक नभएको क्षेत्र खोज्दै हिँड्नु परेको छ। पछिल्लो २०७२ देखि ८२ सालको दश वर्षबीचको समयमा नेपालमा असाधारण रूपमा विकासले फड्को मारेको छ।  

यो क्षेत्रमा भएको भौतिक विकासले गर्दा अहिले दमक नगरपालिकाभित्र मात्र अहिले लगभग ६ हजारभन्दा बढी तीनपाङ्ग्रे सिटी रिक्सा सञ्चालनमा रहेका छन्। नगरभित्रका प्राय: सबै क्षेत्रमा कालोपत्रे सडक पुगिसकेको छ। जसले गर्दा नै यति धेरै सख्यमा तीनपाङ्ग्रे सवारी साधन चल्न सहज भएको छ। भने दैनिक प्रत्यक्ष रूपमा ६ हजार मजदुर वर्गमा रहेका नागरिकलाई रोजगार मिलेको अध्यक्ष ओलीको भनाइ छ।

प्रकाशित: ६ फाल्गुन २०८२ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App