कालीकोटको पलाँता गाउँपालिकाका ३ सय २५ जना नेता तथा कार्यकर्ताहरू विभिन्न राजनीतिक दल परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। आइतबार आयोजित एक कार्यक्रममार्फत वडा नम्बर २ का ३ सय २५ जना नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन्।
उनीहरूलाई नेकपा एमाले कालीकोटका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नगिन्द्र शाही नेशनलले खादामाला लगाएर पार्टीमा स्वागत गरेका थिए। प्रवेश गर्नेमा नेपाली कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य नवराज सिंह, दन्त बम,उद्योग व्यापार संघका केन्द्रीय सदस्य नवराज बुढा, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य कुशराज प्याकुरेल, नेपाली कांग्रेसका नेता सुर बहादुर बम, ब्रिखलाल प्याकुरेल, पुर्व नयाँ शक्ती पार्टीका केन्दीय सदस्य अर्जुन बम लगायत ३ सय २५ जनाभन्दा बढी रहेका छन्।
पार्टीमा स्वागत गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार नगेन्द्र शाही नेशनलले समृद्धि र सुशासनका लागि एमाले सधैं अग्रपंक्तिमा रहेको उल्लेख गर्दै पार्टीलाई अझ सुदृढ बनाउन सबैको साथ आवश्यक रहेको बताए। उनले पलाँता क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र सामाजिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
नवप्रवेशी नेता तथा कार्यकर्ताहरूले शाही यस क्षेत्रमा मात्रै नभई जिल्लामै सक्षम र प्रभावशाली नेतृत्व गर्ने नेता भएको दाबी गरे। उनीहरूले शाहीलाई नै अत्यधिक मतका साथ विजय गराउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
एमाले कालीकोटका उम्मेदवार शाहीले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्। मतदाता भेटघाट, पार्टी संगठन परिचालन र व्यक्तिगत जनसम्पर्कलाई सँगसँगै अगाडि बढाउँदै उनले चुनावी अभियानलाई गति दिएको एमालेका प्रदेश कमिटी सदस्य तथा युवा नेता लक्ष्मण बमले जानकारी दिए।
उनका अनुसार पलाँता गाउँपालिका वडा नम्बर ९ को चुनावी भेटघाट कार्यक्रममा समेत नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा समाजवादीका प्रदेश सदस्य दन्त बम, पूर्व निर्वाचित वडा सदस्य जनदेबि बम, पूर्व वडा सदस्य कलबहादुर बम, बिर्सिङ बम, मनप्रसाद न्यौपाने, नैनसिंह बम, पुनि बिष्ट, दन्त बिष्ट गरी ८ जनाले पार्टी प्रवेश गरेका छन्।
प्रकाशित: १० फाल्गुन २०८२ १८:०३ आइतबार





