नेपाली लेखक संघ, स्याङ्जाको चौथो जिल्ला अधिवेशनसँगै ऐतिहासिक प्रथम स्याङ्जा पर्या/ हरित काव्य उत्सव - २०८३ भएको छ।
जेठ १६ गते वालिङ खेलमैदानस्थित पतन्जलि योगपिठमा नेपाली लेखक सङ्घ स्याङ्जाका उपाध्यक्ष युवराज सुवेदीको अध्यक्षतामा कार्यक्रम भएकाे हाे। युवा स्रष्टा पारिश्वर न्यौपानेले शब्दमार्फत उपस्थितजनलाई स्वागत गरेका थिए।
कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यानुरागीले शिवकुमार अधिकारीको कथासंग्रह "कोपिला" लोकार्पण गरेका छन्। लाेकार्पित कृति देवीप्रसाद वनवासी र मिलन समीरकाे सम्पादन र नेपाली लेखक सङ्घ, स्याङ्जाकाे प्रकाशनमा प्रकाशित भएकाे हाे।
कार्यक्रममा अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनी, पूर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक लम्साल, दहथुम बहुमुखी क्याम्पस प्रमुख नेत्रनारायण रेग्मी, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार राना, विशिष्ट आमन्त्रित व्यक्तित्व पुतलीबजार प्रज्ञाप्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी र प्रमुख आमन्त्रित व्यक्तित्व वरिष्ठ स्रष्टा देवीप्रसाद वनवासीले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्याङ्जाली स्रष्टा लक्ष्मी रेग्मी खनाल (कविता - कुहिरो), मुनाल गोदार (मुक्तक), विष्णु पङ्गेनी पाण्डे (मुक्तक), खगेन्द्रजंग थापा (मुक्तक), जिबी राना (कविता - आँधी), शोभाकान्त रेग्मी (मुक्तक), गणेश खत्री (मुक्तक), गुरुप्रसाद ढकाल (गजल), लीला रेग्मी (नारी), ढालबहादुर केसी (आँधीखोली), इन्द्रप्रसाद पाठक (हरित विचार), विक्रम संवत (मुक्तक), सरस्वती अर्याल काफ्ले (मुक्तक), पारु थापा पल्ली (गजल), राजु गैह्रे (कविता - माथि आकाशमा), स्मारिका अर्याल (कविता- हराउँदै गएको स्वर्ग), सीताराम अधिकारी (कविता- मित्रमा अपमान), ध्रुवप्रसाद शर्मा पङ्गेनी (कविता- हे तन्देरी!), नेत्रनारायण रेग्मी (कविता- स्वच्छतामा अघि बढौँ ), मिलन समीर (कविता - प्रलयको पर्खाइमा पृथ्वी) लगायतले पर्यावरणसँग सम्बन्धित रचना प्रस्तुत गरेका थिए।
चौथो जिल्ला अधिवेशनबाट युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षतामा उपाध्यक्ष : युवराज सुवेदी, महिला उपाध्यक्ष : शान्ता थापा, सचिव : गुरुप्रसाद ढकाल, कोषाध्यक्ष : शोभाकान्त रेग्मी, सहसचिव : मुनाल गोदार र सदस्य : राजु गैह्रे, जिबी राना, खगेन्द्रजंग थापा, इन्द्रप्रसाद पाठक, पार्वती थापा पल्ली "पारु" र सरस्वती अर्याल काफ्ले गरी १२ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
प्रकाशित: १७ जेष्ठ २०८३ ०६:४९ आइतबार


-600x400.jpg)


