१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

गोली चलाउने प्रवृत्तिको अन्त हुनुपर्छ : सांसद शिवशंकर यादव

प्रतिनिधिसभा सदस्य शिवशंकर यादवले लोकतान्त्रिक व्यवस्थामा नागरिकको जीवन र सुरक्षा नै मुख्य विषय भएको उल्लेख गर्दै सुरक्षा निकायबाट अनावश्यक रूपमा गोली चलाउने प्रवृत्तिको अन्त्य गर्न सरकारसँग माग गरेका छन्। 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सुनसरी र सिराहाको गोलबजारमा हालै भएका घटनाहरूको आफूले स्थलगत अध्ययन गरेको र त्यहाँ सुरक्षाकर्मीले गोली नै चलाउनुपर्ने अवस्था नरहेको बताएका हुन्। 

‘लोकतान्त्रिक व्यवस्थामा नागरिकको जीवन र सुरक्षाभन्दा ठूलो विषय केही हुन सक्दैन। सामान्य विवादमा पनि गोली चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ सांसद यादवले भने। 

उनले उक्त घटनाका नागरिकको टाउको वा छातीमै गोली हानेर अवस्था नियन्त्रण गर्नुपर्ने स्थिति नरहेको र यस्तो घातक बल प्रयोग हुनु गम्भीर चिन्ताको विषय भएको बताएका हुन्। 

उनले लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको स्मरण गराउँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायलाई स्पष्ट कार्यनीति र निर्देशन जारी गर्न सरकारसँग माग गरे। 

प्रकाशित: १९ श्रावण २०८३ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App