४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

युवामाथिको दमनले स्तब्ध महानायक, भने- ‘नेपाली भएकोमा यति लाज कहिल्यै लागेको थिएन‘

महानायक राजेश हमालले ‘जेन जी’ पुस्ताको आन्दोलनमा सरकारले गरेको दमन र युवाहरूको मृत्युपछि नेपाली हुनुमा आफूलाई लाज महसुस भएको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले देशले युवाहरूको वर्तमान खोसेको भन्दै दुःख र आक्रोश व्यक्त गरे।

विदेश यात्रामा रहेका हमालले लेखेका छन्, ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौं, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौं। म विदेश यात्रा गर्दैछु। नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइन्।’

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दर्जनौं युवाको मृत्यु भएपछि देशभर शोक र आक्रोश छाएको छ।

प्रकाशित: २३ भाद्र २०८२ २०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App