प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार सम्हाल्दै जेन-जीको आन्दोनलको नाममा क्षति पुगेको व्यक्तिगत सम्पत्तिबारे कस्तो किसिमको सहयोग गर्ने बारे राज्यले विचार गर्ने बताएकी छन्।
आन्दोलनकाका कारण ठूला तथा साना साना र सटर खोलेका व्यापारीहरू लुटिएका छन्। ‘जो व्यापारीको नोक्सान भएको छ। तर पनि उहाँहरू हामी हार्दैनौं भन्दै आन्तरिक बल देखाउनु भएकोमा शुभकाना र धन्यावाद छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘राज्यको तर्फबाट सरसल्लाहा र कस्तो सहयोग गर्ने पछि विचार गरेर अगाडि बढ्ने छौं।’
आन्दोलनमा स्कुल, कलेज तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।
प्रकाशित: २९ भाद्र २०८२ १२:२१ आइतबार





