१ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले देश पटकपटक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेकोमा चिन्ता व्यक्त गरेका छन् । करिब एक दशकको अन्तरमा हुने आन्दोलन नै देशको स्थिरता र विकासको बाधक भएको उनले बताए ।  

राष्ट्रिय एकताका लागि नागरिक पहलले आज ललितपुरमा आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरी-२०८२’ कार्यक्रममा उनले हरेक आन्दोलनबाट व्यवस्था परिवर्तन हुने भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसक्दा सधैँभरी असन्तुष्टि पैदा हुने र त्यसले सङ्क्रमणकालीन अवस्था निम्त्याउने बताए ।

‘नेपालमा आन्दोलन धेरै भएका छन्, प्रायःजसो १० वर्षको आसपासमा विभिन्न कालखण्डमा केही न केही आन्दोलन गरिरहन्छौँ । आन्दोलन हुने, व्यवस्था परिवर्तन हुने र परिस्थिति परिवर्तन नहुने भइराखेको छ, यस्तो सङ्क्रमणकालीन अवस्थाले मुलुकमा अस्थिरता ल्याउँछ,’ उनले भने ।

जेनजी प्रतिनिधि मोनिका निरौलाले दलहरुभित्र नेतृत्व हस्तान्तरण, आन्तरिक रुपान्तरण आवश्यक रहेको बताउँदै नागरिक बाँच्नका लागि विदेशिनुपर्ने अवस्थाले निराशा पैदा गरेको बताए । 

प्रकाशित: १९ कार्तिक २०८२ १८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App