४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगको प्रतिनिधि हो : उपसभापति शर्मा

फाइल तस्बिर

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको उम्मेदवार माघ १ गतेको भएको दाबी गरेका छन्। उनले कसैको उम्मेदवारी भदौ २३ गतेको भएको र कसैको भदौ २४ बाट भएको भन्दै प्रचार गरेको भए पनि प्रधानमन्त्रीको उम्मेदवार माघ १ गतेको नै भएको बताएका हुन्।

विवाद र फरक मतलाई पछाडि राख्दै नयाँ र पुराना सबै नेतालाई एकै छातामुनि राखेर नेपाली कांग्रेस अगाडि बढिरहेको शर्माको भनाइ छ।

शर्माले नेपाली कांग्रेसको प्रधानमन्त्री उम्मेदवार नयाँ युग र नयाँ राजनीतिक सन्दर्भको प्रतिनिधि भएको दाबी गरे।

कांग्रेस सद्भाव र सहअस्तित्वको मूल्य बोकेको पार्टी भएको र समाजमा मेलमिलाप र एकताको सन्देश दिँदै आएको उनको भनाइ छ।

प्रकाशित: १५ माघ २०८२ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App