१७ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

‘प्रधानमन्त्रीले सबै ठीकठाक भएको भन्नुभयो, तर क्षेत्र त्यस्तो देखिँदैन’

नेपाली कांग्रेसका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य भिष्मराज आङदेम्बेले प्रधानमन्त्री शाहले संसद्को रोस्ट्रमबाट सरकारको उद्धार तथा व्यवस्थापनका काम भइरहेको र अवस्था नियन्त्रणमा रहेको बताए पनि प्रभावित क्षेत्रको अवस्था त्यस्तो नदेखिएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको कामबारे प्रश्न उठाउँदा त्यसलाई पूर्वाग्रहका रूपमा नलिन आग्रह गरे।

आङदेम्बेले सुरुङमा इन्जिनियर, प्राविधिक तथा श्रमिक फसेको समाचार सार्वजनिक भएपछि एक मन्त्रीले सुरुङबाहिर रातभर खटिएर आफैं माटो खनेको घटनालाई समेत प्रसंग बनाएर सरकारको उद्धार शैलीमाथि प्रश्न उठाए।

उनले ती मन्त्रीले माटो खनेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रशंसा भए पनि संकटको समयमा मन्त्रीको भूमिका श्रम प्रदर्शन गर्नु भन्दा आवश्यक प्राविधिक, विज्ञ र उद्धार साधन परिचालन गर्नु हुनुपर्ने बताए।

‘मन्त्रीले माटो खनेको फोटो देखाउने कि प्राविधिक खोज्ने? यदि त्यो सुरुङभित्र माननीय सदस्यज्यूहरूकै मन्त्रिपरिषद्का कुनै सदस्यको परिवार वा आफन्त परेको भए मन्त्रीजीले प्राविधिक विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि मन्त्रीले माटो खोस्रेको फोटो, भिडियो पोस्ट गरिरहनुहुन्थ्यो?’ उनले भने।

आङदेम्बेले विपद्को समयमा प्रचारभन्दा नागरिकको जीवन जोगाउने कामलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे।

प्रकाशित: १७ भाद्र २०८३ १४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App