प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।
नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङसँग सिंहदरबारमा भएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विकास साझेदारीलाई अभिवृद्धि गर्ने र विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। साथै राजदूत माओमिङले दुई देशबिचको आपसी सम्बन्ध र बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको बताएका थिए।
प्रकाशित: २५ श्रावण २०८३ १६:१४ सोमबार





-600x400.jpg)