४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले भने- चीनमा भैंसीको मासु निर्यात गर्न सिन्धुलीमा २० अर्बको भव्य फ्याक्ट्री

चीनमा वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको भैंसीको मासु निर्यात गर्ने लक्ष्यका साथ सिन्धुलीमा २० अर्ब रुपैयाँको भव्य प्रशोधन उद्योग स्थापना हुने भएको छ।

चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा स्वीकृत भएको उद्योगले पाँच हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्। उनका अनुसार, चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले सिन्धुलीको मरिण गाउँपालिका–४ मा उद्योग स्थापना गर्न उद्योग विभागबाट स्वीकृति पाएको छ।

उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (जस्तै छाला, भित्री अंग) उत्पादन गर्नेछ। गत मंसिरमा भएको आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौताअनुसार यो परियोजना अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गरे।

यो परियोजनालाई नेपालको निर्यात र रोजगारी सिर्जनाका लागि एक ‘गेम चेन्जर’ को रूपमा हेरिएको छ। वार्षिक डेढ खर्बको निर्यातले नेपालको व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका खेल्ने र ५,१५६ जनाले रोजगारी पाउँदा स्थानीय अर्थतन्त्रमा ठूलो सकारात्मक प्रभाव पार्ने प्रधानमन्त्रीको विश्वास छ।

प्रकाशित: १२ श्रावण २०८२ १९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App