भोलिदेखि बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक २८ गतेलाई सारिएको छ। पूर्व पदाधिकारी/पदाधिकारीको बैठकपछि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएकाले बैठक दुई दिन पछि सारिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
दिउँसो नै केन्द्रीय समिति बैठक सार्ने सहमती जुटिसकेको थियो, तर कति दिन सार्ने भन्ने निर्णय भइसकेको थिएन। अन्तिममा २८ गतेसम्मका लागि बैठक सारिएको प्रवक्ता महतले जानकारी दिए।
प्रकाशित: २५ आश्विन २०८२ १९:४४ शनिबार





