१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कुनै दलसँग पार्टीले गठबन्धन गरेको छैन: एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ ।

एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज पत्रकारहरूसँग कुरा गर्दै यो जानकारी दिएका हुन् । आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ चुनावी अभियानमा होमिएको बताए ।

नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएको टिप्पणी गरे । उनले भने, ‘नेकपा एमाले सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ ।’

प्रकाशित: १६ फाल्गुन २०८२ १५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App