१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाइन् राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को ‘आठौँ वार्षिक प्रतिवेदन’ राष्ट्रपतिसमक्ष प्रस्तुत गरेकी छन् ।  

शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रस्तुत प्रतिवेदन नेपालको संविधानको भाग २८, धारा २६६ को उपधारा (३) बमोजिम तयार गरिएको हो।  

आर्थिक वर्ष २०८१/८२ का दौरान राष्ट्रिय सुरक्षा परिषद्बाट भएका महत्त्वपूर्ण निर्णय, सम्पादित प्रमुख कार्यहरू तथा समग्र सुरक्षा विश्लेषण समेटिएको प्रतिवेदनले मुलुकको राष्ट्रिय सुरक्षा व्यवस्थापनको अवस्था र दिशालाई स्पष्ट रूपमा चित्रण गरेको छ।

समारोहमा प्रतिवेदनमार्फत आन्तरिक तथा बाह्य सुरक्षा चुनौती, समन्वयात्मक नीति–निर्णय, सुरक्षा संस्थाबीचको सहकार्य र रणनीतिक प्राथमिकताहरूको समीक्षा गरिएको उल्लेख गरिएको छ। यसले आगामी दिनमा राष्ट्रिय सुरक्षा सुदृढीकरणका लागि आवश्यक मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित: २८ मंसिर २०८२ १७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App