४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मधेस प्रदेश सभा लगातार अवरूद्ध, छैटौँ दिन पनि बैठक स्थगित

प्रतिपक्ष दलको अवरोध कारण प्रदेशसभाको बैठक छैटौँ दिन पनि स्थगित भएको छ । बजेटमाथि छानबिन गर्न बनाइएको कार्यदलमा मन्त्रीको नाम राखेपछि प्रतिपक्षी दलहरूले शनिबार बसेको बैठकमा अवरोध गरेका हुन् । 

आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमानमाथि छलफल क्रममा उठेको विषयमा जवाफ दिन सभामुख रामचन्द्र मण्डलले अर्थमन्त्री सुनिल कुमार यादवलाई अनुमति दिएसँगै  विपक्षी दलका सांसदहरूले रोस्ट्रम घेराउ गर्न पुगेका थिए । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

बैठक सुरुमै माओवादी नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन सभामुखको संयोजकत्वमा बनाएको कार्यदल प्रतिपक्षी असहमति जनाएर विरोध गरेका थिए। 

छानबिन कार्यदलमा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको नाम राखेपछि विवाद हुँदै आएको छ। छानबिन कार्यदलमा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको नाम राखेपछि विपक्षी दलहरूले विरोध जनाएका छन्। कार्यदलबाट मन्त्री नाम नहटाएसम्म अवरोध जारी राख्ने ६ वटा प्रतिपक्ष दलले बताउँदै आएका छन्।

सभामुख रामचन्द्र मण्डलले कार्यदलमा मन्त्रीको नाम राख्नु ठिक नभए पनि सरकारलाई अल्पमतमा राखेर बनाइएको कार्यदल पनि नयाँ अभ्यास रहेको बताए। कार्यदलको समय कम रहेको भन्दै उनले संयोजक पदबाट राजीनामा दिएका छन्।

कार्यदलका सदस्यहरूमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशिष यादव, माओवादी सांसद जवाहरलाल कुशवाहा, नेकपा एसका प्रमुख सचेतक कनिष पटेल, सत्तापक्षबाट एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव र नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण यादव रहेका छन्।

प्रकाशित: २८ असार २०८२ १८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App