नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को भनाइप्रति टिप्पणी गरेका छन्।
उनले प्रकृतिसँग सहअस्तित्वमा रहेका समुदायलाई वन–जंगल र नदी–खोलाको किनारबाट विस्थापित गर्ने सोच आदिवासी जनजातिको सभ्यता, संस्कृति र जीवनदर्शनप्रति अज्ञानताको परिणाम भएको बताएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि झापा ५ बाट उठेका बालेनले प्रचारप्रसारका क्रममा 'जंगल छेउका गाउँ सार्नुपर्छ' भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिमाथि पोखरेलको यस्तो टिप्पणी आएको हो।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'प्रकृतिसँग सहअस्तित्वमा रहेका समुदायलाई वन–जंगल र नदी–खोलाको किनारबाट विस्थापित गर्ने सोच आदिवासी जनजातिको सभ्यता, संस्कृति र जीवनदर्शनप्रति अज्ञानताको परिणाम हो।'
प्रकाशित: १४ माघ २०८२ ११:०८ बुधबार





