१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

सरकारमा आएका सबै प्रतिवेदनको सरकारले अध्ययन गर्छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले मानवअधिकार आयोगले जेनजी आन्दोलनका विषयमा बनाएको प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले विभिन्न समयमा विभिन्न घटनाको विषयमा बनेका प्रतिवेदनहरूको सरकारले एकमुष्ट अध्ययन गरेर आवश्यक कारबाही गर्ने बताएका हुन्।

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीको प्रश्नमा जवाफ दिँदै उनले सबै समयमा बनेका प्रतिवेदनलाई सरकारले अगाडि बढाउने बताए।   

प्रकाशित: १७ जेष्ठ २०८३ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App