१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

सरकारले आफूले अह्राएको काम गराउन नयाँ आइजिपी ल्याएको होला: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूले अह्राएको काम गराउनकै लागि नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको टिप्पणी गरेका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले डा. मनोज केसीलाई आइजिपी बनाइनुमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको स्वार्थ जोडिएको बताएका हुन्।

नयाँ आइजिपी नियुक्तिको विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा अध्यक्ष ओलीले भने - ‘उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला।’

यसै क्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति गगन थापासँगको भेटवार्ता सकारात्मक भएको पनि बताएका छन्। मङ्गलबार थापासँग भएको भेटबारे सोधिएको प्रश्नमा उनले भने - ‘उहाँसँग खास राम्रो कुरा भयो, राजनीतिक कुराकानीहरू भए।’

प्रकाशित: १८ कार्तिक २०८३ १६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App