२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रियालाई टुङ्गोमा पुऱ्याउनु सरकारको उच्च प्राथमिकता हो: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरूलाई टुङ्गोमा पुऱ्याउनु सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

उनले शहीद, बेपत्ता र द्वन्द्वपीडितहरूको योगदान र बलिदानलाई सम्मान गर्दै पीडितलाई न्याय दिन सरकार दृढ र संवेदनशील रहेको प्रतिबद्धता व्यक्त गरे।

बुधबार संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्।

‘संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुऱ्याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधानले निर्देशन गरेबमोजिम शहीदहरू, बेपत्ता र द्वन्द्वपीडितहरूको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ छ।’

उनले सरकारले द्वन्द्वपीडितहरूसँग विभिन्न तहमा निरन्तर छलफल गरिरहेको जानकारी दिँदै यो विषय सबैको साझा चासो र सरोकारको विषय भएको बताए।

प्रधानमन्त्री ओलीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ बमोजिम नै आयोगहरू गठन भई काम सुरु भइसकेको जानकारी दिए।

‘मलाई विश्वास छ, आगामी दिनमा आयोगका पदाधिकारीहरूले पीडित पक्षसँग बसेर, आपसमा छलफल गरेर नै शान्ति प्रक्रियाका बाँकी कामहरू अगाडि बढाउनु हुनेछ,’ उनले भने।

प्रकाशित: ७ श्रावण २०८२ १५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App