२१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

आइजिपीमाथि सरकारले अन्याय गर्‍यो, सर्वोच्चले न्याय दिन्छ: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले सरकारले कार्कीलाई हटाएर चरम अन्याय गरेको आरोप लगाए।

‘आइजिपीको विषय अहिले सर्वोच्च अदालत पुगेको छ,’ दाहाल भने, ‘मलाई पूरा विश्वास छ, आइजिपीमाथि सरासर अन्याय भएको छ र सर्वोच्च अदालतले न्याय गर्छ।’

सरकारको कार्यशैलीप्रति आक्रोश पोख्दै उनले वर्तमान सरकार जनताको समस्याभन्दा पनि झिलिमिलीमा मात्रै रमाइरहेको टिप्पणी गरे।

यसैबीच, संयोजक दाहालले सरकारको स्वेच्छाचारिताबारे खबरदारी गर्न र आन्दोलनको वातावरण बनाउन प्रमुख राजनीतिक दलहरूसँग संवाद भइरहेको खुलासा गरे।

‘अन्य पार्टीहरूसँग छलफल चलिरहेको छ। हामी अहिले राष्ट्रिय जागरण अभियानमा छौं,’ उनले भने, ‘यो अभियान सकिएपछि समीक्षा गरेर आगामी आन्दोलनको ठोस योजना बनाउँछौं।’

उनले संविधान निर्माण र शान्ति प्रक्रियामा सँगै रहेका शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको बताए। ‘एमालेसँग मात्र होइन, कांग्रेस र अरू दलहरूसँग पनि संवाद भइरहेको छ,’ प्रचण्डले थपे, ‘सकेसम्म हिजोको संविधान र शान्ति प्रक्रियामा सहभागी सबै शक्तिहरूलाई एकै ठाउँमा जोडेर अघि बढ्नुपर्छ भन्ने हाम्रो बुझाइ छ।’

प्रकाशित: २१ कार्तिक २०८३ १८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App