जनमत पार्टीले महाधिवेशन सारेको छ । आगामी चैत २० र २१ गते हुने महाधिवेशनलाई २०८३ सालको असोज ९ र १० गते सञ्चालन गर्ने निर्णय भएको पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए ।
पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति सारेको सिंहले बताए ।
त्यस्तै बैठकले निर्वाचनको क्षेत्रीय स्तरबाट समीक्षा गर्ने भएको छ । चैत सात गते भित्र छलफल गरी निर्वाचनमा पार्टीलाई आएको मत, जनताले पार्टीसँग गरेको अपेक्षासहितका विषय छलफल गरी लिखित रिपोर्ट तयार पारी केन्द्रीय सचिवालयमा पठाउने निर्णय भएको पनि सिंहले बताए ।
त्यस्तै बैठकले सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्न निर्णय गर्दै त्यसका लागि जिल्ला समन्वय समिति सदस्यहरूबाट बढीमा सात जना हुने गरी चयन गरिने निर्णय गरेको उनले बताए ।
प्रकाशित: २ चैत्र २०८२ १३:०१ सोमबार





