२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

जनतासँग मन्त्रीका प्रतिवद्धता: बफादारितादेखि बजेट व्यवस्थापनसम्म

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सीमित स्रोत–साधनका बाबजुद इमानदारीपूर्वक काम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको प्रयास जारी रहेको बताएकी छिन् ।  

शनिबार मन्थलीमा आयोजित भेटघाट कार्यक्रममा उनले सरकारले विगतमा पनि काम गरेको भए पनि अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गर्दै देखिएका समस्या छिटो समाधान गर्न सरकार सक्रिय रहेको बताइन्। सीमित स्रोत–साधनलाई व्यवस्थित रूपमा परिचालन गरी विकासका कामलाई गति दिने दिशामा सरकार केन्द्रित रहेको उनको भनाइ थियो।

मन्त्री गौतमले देशको विकासका लागि नेतृत्व तह इमानदार हुनुपर्नेमा जोड दिँदै कर्मचारीतन्त्रमा देखिएका कमजोरीलाई पनि नियन्त्रण गरिने बताइन्।  

‘सीमित ढुकुटीको इमानदारीपूर्वक उपयोग गर्दै सामूहिक रूपमा अघि बढ्न सके धेरै काम गर्न सकिन्छ,’ उनले भनिन् ।

उनले कानून निर्माण र सुधारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै आवश्यक कानूनी संशोधनका लागि सरोकारवालाबाट सुझाव दिन आग्रह गरिन्। सरकारले कानून सुधारसँगै विकास निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै आशावादी भएर अघि बढ्न सबैलाई आग्रह गरिन् ।  

कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षका लागि सरकारले एकमुष्ट बजेट व्यवस्था गरेको बताउँदै आवश्यक योजना लिएर मन्त्रालयमा आउने पालिका सभापतिलाई खाली हात नफर्काइने बताए ।  

 

प्रकाशित: ९ श्रावण २०८३ १९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App