२७ वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

संविधान संशोधनका लागि कांग्रेसले बनाएको विज्ञ समितिले पूर्णता पायो (नामसहित)

फाइल तस्बिर

नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा विज्ञ समितिले पूर्णता पाएको छ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै गत चैत ११ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टीले १६ सदस्यीय समितिलाई पूर्णता दिएको जानकारी गराएका छन्। 

यस्तो छ संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समिति:

संयोजक-नेपाली कांग्रेस उपसभापति पुष्पा भुसाल
सदस्य-वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी
सदस्य-वरिष्ठ अधिवक्ता हरिहर दाहाल 
सदस्य  – वरिष्ठ अधिवक्ता प्रेम बहादुर खडका
सदस्य-वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने
सदस्य-वरिष्ठ अधिवक्ता शेरबहादुर के.सी.
सदस्य   -वरिष्ठ अधिवक्ता यदुनाथ खनाल
सदस्य-वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे
सदस्य-वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी
सदस्य  -वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी
सदस्य  -वरिष्ठ अधिवक्ता सिताराम के।सी।  
सदस्य -वरिष्ठ अधिवक्ता ललितकुमार बस्नेत
सदस्य  -अधिवक्ता रनबहादुर थेबे
सदस्य-अधिवक्ता शर्मिला श्रेष्ठ 
सदस्य-अधिवक्ता  झलमाया वि.क.
सदस्य सचिव –अधिवक्ता  राजु कटुवाल

समितिका मुख्य कामहरूमा संविधान कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको अध्ययन गर्ने, संघीयता र समावेशितालाई बलियो बनाउन सरोकारवालासँग संवाद गर्ने, जेनजी पुस्ताको विद्रोह र निर्वाचनमा पार्टीले गरेका प्रतिज्ञालाई सम्बोधन गर्ने र पहिचान र सुशासनका मागहरूलाई अध्ययन गरी सुझाव दिनेलगायत रहेका छन्। 

नेपाली कांग्रेसले संविधान जारी भएको १० वर्ष पुगेकाले जनभावनाअनुसार यसलाई परिमार्जन गर्न आवश्यक रहेको जनाएको छ। गणतन्त्र, संघीयता र नागरिक अधिकार जस्ता आधारभूत विषयलाई असर नपर्ने गरी संविधानलाई थप गतिशील बनाउन कांग्रेसले यो पहल थालेको हो।

समितिले बुझाउने प्रतिवेदनका आधारमा कांग्रेसले संविधान संशोधनबारे आफ्नो आधिकारिक धारणा तय गर्नेछ। साथै, सरकारले सुरु गरेको संविधान संशोधनको बहसलाई सघाउन र राष्ट्रिय सहमति जुटाउन समेत यो समितिले काम गर्ने कुरा विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ वैशाख २०८३ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App