नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी विद्रोहको मूल मर्म परिवर्तन भएको बताउँदै आफूहरू सोही बाटोमा रहेको बताएका छन्।
पार्टीको दोस्रो विशेष केन्द्रीय महाधिवेशनको बन्द सत्रमा सोमबार समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।
आफू सम्मिलित सरकारविरुद्ध भएको आन्दोलन भएका कारण पार्टीभित्र परिवर्तनको आवश्यकता देखाएकै उनले बताए। 'यही महसुस गरेर पार्टीका तमाम साथीहरूले परिवर्तनको लागि आवाज उठाउनु भयो,' उनले भनेका छन्, 'त्यही आवाज लिएर हामी अघि बढेका हुन्।'
'जेनजी विद्रोहलाई युवाहरूले आम मानिसको अपेक्षा सरह देशको आर्थिक विकास, युवाको भूमिका, सुशासन र सरकारको जवाफदेहिताको माग गर्दै आमूल परिवर्तनका लागि भएको विद्रोहको रूपमा बुझ्नु पर्छ,' उनले भने।
प्रकाशित: २८ पुस २०८२ १४:१२ सोमबार





