श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो सरकार आएको दिन दीनदुखी, किसान, मजदुरको दिन फर्कने दाबी गरेका छन्।
काम गरिखाने सहज वातावरण बनाइने बताउँदै उनले यस्तो दाबी गरेका हुन्। उनले यो माटोको श्रम गर्नेको देश बन्ने बताए।
'श्रम संस्कृतिको सरकार आको दिन दीन दुखी, किसान, मजदुरको दिन फर्कनेछ!' उनले सामाजिक सञ्जालमा लेखे, 'कशम यो माटोको श्रम गर्नेको देश बन्नेछ! काम गरिखाने सहज वातावरण बनाइनेछ!'
प्रकाशित: १३ माघ २०८२ ११:४६ मंगलबार





