राष्ट्रिय सभाको चालु १८औं अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।
जेन-जीको आन्दोलनका क्रममा नयाँबानेश्वरमा रहेको संघीय संसद भवन ध्वस्त भएपछि बैठक नै नबसी अधिवेशन अन्त्य भएको हो । राष्ट्रिय सभाको पछिल्लो बैठक भदौं १७ गते बसेको थियो । भदौं २३ गतेका लागि बोलाइएको बैठक जेनजी आन्दोलनका कारण भदौं २४ लाई पारिएको थियो । तर बैठक बस्नु अघि नै भदौं २४ गते संसद भवनमा आगजनी भएको हो ।
नयाँ बानेश्वरमा रहेको भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि सिंहदरबारमा रहेको राष्ट्रिय सभाको पुरानो हलमा १९औं अधिवेशन बस्ने तयारी भइरहेको छ ।
प्रकाशित: ३१ भाद्र २०८२ २१:२८ मंगलबार





