अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेकाछन् ।
आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को ४७औं वार्षिक साधारणसभामा उनले अहिलेको संसदीय अंकगणित भित्र वर्तमान सरकार भन्दा बलियो र स्थिर सरकार अर्को हुनै नसक्ने दाबी गरे ।
मन्त्री पौडेलले इतिहास, योगदान र भविष्य भएको ठूला दुई दल मिलेर वर्तमान सरकार बनेको हुनाले यो सहकार्य ०८४ को निर्वाचनसम्म नै जाने पनि बताए ।
उनले भने,‘अहिलेको सरकार जुनछ । अहिलेको संसदीय अंकगणितभित्र योभन्दा बलियो र स्थिर सरकार अर्को कुनै हुनै सक्दैन् । हामीले यसबीचमा राजनीतिक स्थिरताको सुनिश्चित गरेका छौँ । अब सरकार कहिले फेरिन्छ भन्ने आशंका र दुबिधाबाट निस्केका छौं । इतिहास, योगदान र भविष्य भएको ठूला दुई दल मिलेर बनेको यो सहकार्य ०८४ को निर्वाचनसम्म नै जान्छ ।’
त्यस्तै, उनले सरकारले पर्यटन प्रवर्द्धनको क्षेत्रमा नीति, कार्यक्रम र बजेटको माध्यमबाट महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको बताउँदै त्यसतर्फ नै सरकारको ध्यान गएको बताए । पर्यटन प्रवर्द्धनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्री पौडेलले सरकारले चाल्नुपर्ने हरेक कदम चाल्ने प्रतिबद्धता जनाए ।
‘अहिले को सरकारले पर्यटन प्रवर्द्धनको क्षेत्रमा नीति कार्यक्रम र बजेटको माध्यमबाट महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको छ, त्यसतर्फ नै सरकारको ध्यान छ । पर्यटन प्रवर्द्धन गर्न सरकारले कुनै कसर बाँकी रहँदैन । पर्यटन प्रवर्द्धन गर्न सरकारले चाल्नुपर्ने हरेक कदमहरु चाल्ने छ । गर्नुपर्ने के छ सबै गर्छ ।’
प्रकाशित: १५ भाद्र २०८२ १५:१६ आइतबार





