७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

देश खराब दिशातर्फ जान सक्ने अवस्था आयो : गोकुल बास्कोटा

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

देश खराब दिशातर्फ जान सक्ने अवस्था रहेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्। उनले देशको आन्तरिक समस्या र अव्यवस्थालाई पूर्ण रूपमा बेवास्ता गर्दा बाह्य चलखेलले स्थान पाउने र त्यसले देशलाई थप संकटमा धकेल्ने खतरा रहेको बताएका छन्। पछिल्लो समय देशले भोगेका समस्याको सही लेखाजोखा हुन नसकेको र भविष्यमा अझै विकराल अवस्था आउन सक्ने सम्भावना रहेको उनले बताए।  

'मुलत आन्तरिक असन्तुष्टि र भद्रगोल अनि त्यसप्रतिको पूर्णत बेवास्तामाथि अन्य चलखेलको जगको पछिल्लो राजनीतिक परिदृष्यका भाग दुई र तीनका लेखाजोखा बाँकी नै रहे जस्तो देखिन्छ,' भनेका छन्।  

देशको राजनीतिलाई सही दिशामा फर्काउन तत्काल आन्तरिक समस्याहरूको समाधान र बाह्य चलखेलप्रति सचेतना आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित: २५ आश्विन २०८२ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App