७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पाथीभरामा हिमपात

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ।

शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो। आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ। हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ। पाथीभराको दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले नजिकका क्षेत्रका मानिसहरू पनि त्यहाँ पुगेका छन्।

हिमपातसँगै जिल्लाभर चिसो बढेको छ। जिल्लाका उत्तरी उच्च भेगहरूमा समेत हिउँ परेको स्थानीयहरूले बताएका छन्।

प्रकाशित: ७ चैत्र २०८२ ११:४८ शनिबार