३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

हुस्सु, बेवकुफ र निर्लज्जहरूको हातमा पुग्यो हो देश त: राप्रपा

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले  कसलाई नियुक्त गरेको अनि कसले जागिर खाएको पनि बुझ्न नसक्ने हुस्सुको हातमा देश पुगेको भन्दै व्यङ्ग गरेका छन्। डा कृष्णप्रसाद न्यौपानेलाई नियुक्त गरेको ठाउँमा शिक्षक कृष्णप्रसाद न्यौपानेले  तीन वर्ष देखि भाषा आयोगका सदस्यको रूपमा मासिक, तलब,भत्ता तथा अन्य सुविधा बुझिरहेको समाचार प्रकाशित भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो । 

‘एउटा कृष्ण प्रसाद न्यौपानेलाई नियुक्त गर्ने, अर्को कृष्ण प्रसाद न्यौपानेले नियुक्ति पत्र लिने र ३÷३ वर्षसम्म तलब, सेवा सुविधा लिइराख्ने ! राज्यले थाहा नपाएको यो भाषा आयोगको कुरा रैछ !,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ कस्ता हुस्सु, बेवकुफ र निर्लज्जहरूको हातमा पुग्यो हो देश त !

प्रकाशित: २१ श्रावण २०८२ ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App