१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

देशमा अहिले बलमिच्याइँले बनेको सरकार छः ओली

फाइल तस्बिर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार बलमिच्याइँले आएको बताएका छन्। बिहीबार गुन्डुमा भक्तपुर एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।  

‘अहिले देशको स्थिति असाधारण, असामान्य रहेको छ,’ ओलीले भने, ‘किनभने देशमा अहिले सरकार छ, संविधान अनुसार बनेको छैन बलमिच्याइँले बनेको छ।’

अहिलेका प्रधानमन्त्री कार्की प्रधानमन्त्री बन्नका लागि शर्त राखेर आउको बताए। ‘संसद् तुरुन्तै शपथ ग्रहण गरेर भंग गर्छु। तब मात्रै प्रधानमन्त्री बन्छु नभए जेनजीले आगो बाल्छु,’ उनले भने।  

संसद भंग गर्ने पूर्वशर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य गरेर प्रधानमन्त्री कार्की आएको उनले आरोप लगाए। उनले भने, ‘लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनु भयो।’

प्रकाशित: २३ आश्विन २०८२ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App