१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

आसन्न निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनेमा आयोग विश्वस्त

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वतयारीबारे निर्वाचन आयोगले आज राजनीतिक दलहरुसँग छलफल गरेको छ।  

छलफलमा आयोगले प्रस्तावित निर्वाचन कार्यक्रम र मतदाता नामावली अद्यावधिकबारे जानकारी गराएको थियो भने राजनीतिक दलहरूले सुरक्षा व्यवस्था, निर्वाचन वातावरण, आचारसंहिता पालना र खर्च मितव्ययी बनाउन सुझाव दिएका थिए।  

राजनीतिक दलबाट प्राप्त सुझावहरुको सम्बोधन गर्नुहुँदै आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाइ उम्मेदवार र मतदाताले निर्वाध सहभागिता जनाउन सक्ने वातावरण सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताए।  

प्रमुख आयुक्त भण्डारीले आयोगले तयार पारेको निर्वाचन आचारसंहिता मस्यौदा वेबसाइटमा राखिएको र राजनीतिक दललाई इमेलमार्फत पठाइएको जानकारी दिनुहुँदै, सुझाव भएमा शीघ्र उपलब्ध गराउन आग्रह गरे।  

कार्यक्रममा आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा, सचिव महादेव पन्थलगायतको उपस्थिति थियो । 

प्रकाशित: २७ कार्तिक २०८२ १९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App