प्रतिनिधिसभा सदस्य निर्वाचन नजिक आएसँगै आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूका लागि आइतबार ६३ बुँदे निर्देशन जारी गरेको छ।
आयोगले राजनीतिक दल तथा उम्मेदवारले फागुन ४ देखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चार माध्यममार्फत प्रचारप्रसार गर्नु पाइने बताएको छ। आयोगले मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नहुँदासम्म कुनै पनि प्रकारको प्रचारप्रसार नगर्न समेत अनुरोध गरेको छ।
निर्देशन पत्रमा मतदातालाई उपहार, नगद, जिन्सी, सार्वजनिक भोज वा अन्य आर्थिक प्रलोभन दिन पाइने उल्लेख गरिएको छ। त्यसैगरी कसैलाई उम्मेदवारी दिन, प्रचार गर्न वा मतदान गर्नबाट रोक्ने, धम्की दिने, सामाजिक वहिष्कार गर्ने, हातहतियार प्रदर्शन गर्ने वा धर्म, जाति, क्षेत्रका आधारमा घृणा फैलाउने कार्य कडाइका साथ प्रतिबन्ध गरिएको छ।
आयोगले पर्चा वितरण बाहेक पोस्टर, भित्तेलेखन, ब्यानर, डिजिटल बोर्ड, फ्लेक्स, साउण्ड सिस्टमको दुरुपयोग गर्न नपाइने समेत बताएको छ।
निर्वाचनका लागि उम्मेदवारले बैंक वा वित्तीय संस्थामार्फत मात्र खर्च देखाउनु पर्ने र २५ हजार रुपैयाँभन्दा बढी सहयोग छुट्टै बैंक खातामार्फत लिनुपर्ने व्यवस्था गर्नुको साथैं निर्वाचनपछि ३५ दिनभित्र आम्दानी–खर्च विवरण बुझाउनुपर्ने बताएको छ।
राजनीतिक दल तथा उमेदवारले प्रचारप्रसार निषेध अवधिमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट पक्ष वा विपक्षमा कुनै पनि राजनीतिक प्रतिक्रिया गर्न नपाउनुको साथै मतदानस्थलको ३०० मिटर वरिपरि रहेका प्रचार सामग्री निषेध अवधि सुरु हुनुअघि हटाउनुपर्ने आयोगले जनाएको छ।
साथै आयोगले निर्वाचनको प्रचारप्रसारमा बालबालिका सहित ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिलाई दुरुपयोग गर्न नहुने बताएको छ।
_page-0001.jpg)
_page-0002.jpg)
_page-0003.jpg)
_page-0004.jpg)
_page-0005.jpg)
_page-0006.jpg)
_page-0007.jpg)
प्रकाशित: ३ फाल्गुन २०८२ १७:४१ आइतबार





