पूर्वसभामुख कृष्णबहादुर महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ । सुन तस्करी प्रकरणमा महरासँग आयोगले बयान लिएको हो ।
विमानसथलमा भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरालाई अख्तियारले बयान लिएको हो ।
बयानका लागि महरा बिहीबार दिउँसो आयोगको कार्यालय पुगेका थिए ।
चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएका थिए।
प्रकाशित: २३ आश्विन २०८२ २१:४५ बिहीबार





