नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनपछि आफू सत्ताबाट बाहिरिँदा नेपाली सेनाले आफ्नो मोबाइल फोनसमेत नियन्त्रणमा लिएको बताएका छन्।
आइतबार सम्पादकहरूसँगको संवाद कार्यक्रममा उनले उक्त घटनाबारे पहिलो पटक सार्वजनिक रूपमा बताएका हुन्।
सम्पादकहरूको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले भने, ‘म सेनाको सुरक्षामा थिएँ। त्यतिबेलाको परिस्थितिलाई सामान्य रूपमा मात्रै हेरिनुहुँदैन। देशको प्रधानमन्त्रीबाट हटेको व्यक्ति, मसँग भएका सञ्चारका साधन पनि सुरक्षित थिएनन्। नेपाली सेनाले मेरो मोबाइल फोन सिज गर्यो। प्रधानमन्त्रीको शपथ ग्रहणअघिसम्म मैले मोबाइल लिन पाएको थिइनँ। म लोकतन्त्र, लोकतन्त्रको प्रणाली र त्यसमा विश्वास गर्ने व्यक्ति हुँ।’
प्रकाशित: २ कार्तिक २०८२ १५:५४ आइतबार





