४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

थापाको प्रश्न : सामाजिक सञ्जाल प्रतिबन्धमा पानीमाथिको ओभानो बन्ने कांग्रेलाई के भन्ने?

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने विषयमा नेपाली कांग्रेसले द्वैध चरित्र देखाएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो आरोप लगाएका हुन्। उनले भनेका छन्, 'सरकारमा रहेको सबैभन्दा ठूलो दलको हैसियतमा मन्त्रिपरिषदमा बसेर सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गर्ने अनि पानीमाथिको ओभानो बन्ने पार्टीको बैठकबाट त्यसको विरोध गर्ने यस्तो द्वैध चरित्र देखाउने नेपाली कांग्रेलाई के भन्ने?'

सोही क्रममा थापाले कांग्रेसको यस्तो द्वैध चरित्र बारम्बार देखिँदै आएको समेत जिकिर गरेका छन्। साथै उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह समेत गरे।

प्रकाशित: २३ भाद्र २०८२ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App