१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

विधान महाधिवेशन केन्द्रित बैठकप्रति थापाको असन्तुष्टि, यथार्थ कुरा राख्न नदिएको भनाइ

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीको महाधिवेशन केन्द्रित बैठकका प्रति असन्तुष्ट व्यक्त गरेका छन्।

आइतबार (आज) पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विभागहरूको बैठकमा आफ्नो कुरा राख्न नदिएको भन्दै उनले असन्तुष्ट व्यक्त गरेका हुन्। उनले बैठक एकोहोरो बनाइएको आरोप लगाए। 'विधान महाधिवेशनबारे सचिवालयद्वारा आयोजना गरिएको भेला एकोहोरो भाषण गरेर कार्यालयले छापेका तीन विधानमा गरिएको फरेबलाई बाँड्ने मात्रैमा सीमित गरेको देखियो,' उनले भने।

एमालेले आज विधान महाधिवेशन केन्द्रित भएर पार्टीका सबै केन्द्रीय विभागहरूको बैठक राखेको थियो। उक्त बैठकमा यथार्थ कुरा राख्न नदिइएको भन्दै थापाले असन्तुष्ट जनाएका छन्। 'यथार्थ कुरा राख्न समय उपब्ध गराएन। महासचिवले भाषण गरेर कार्यक्रम सकिएको घोषणाा गरियो। पार्टी पङ्क्तिमा कुनै भ्रम नहोस्,' थापाले भनेका छन्।

प्रकाशित: २९ असार २०८२ १७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App