१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

‘धन्न कांग्रेस लोकतन्त्रका लागि लड्यो र प्रधानमन्त्रीले बोल्न पाउनुभयो’

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले लोकतन्त्रका लागि संघर्ष गरेको कारण वाक स्वतन्ता आएको बताएका छन्। 

नेपाली कांग्रेसको १५औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै शर्माले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको उपलब्धि भएको बताएका हुन्।

‘धन्न कांग्रेसले लोकतन्त्रका लागि लड्यो र मध्यरातमा प्रधानमन्त्री बोल्न पाउनुभयो,’ शर्माले भने।

शर्माको उक्त अभिव्यक्ति प्रधानमन्त्री बालेन्द्र शाहले खुलामञ्चबारे सामाजिक सञ्जालमा गरेको टिप्पणीपछि आएको हो।

प्रकाशित: १९ आश्विन २०८३ १७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App