सरकारले १० सचिवको सरुवा गरेको छ । मन्त्रालयको संख्या कटौती गरेसँगै सरकारले ६ सचिवलाई अतिरिक्त समुहमा राखेको छ । यसबाट मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा अब सचिवहरु थोपरिएका छन् । अब प्रधानमन्त्री कार्यालयमा मात्रै दश जना सचिव पुग्ने छन् ।
हाल प्रम कार्यालयमा ४ जना सचिव कार्यरत छन । किरणराज शर्मा, खगेन्द्रप्रसाद नेपाल गोविन्द शर्मा र पुस्कर सापकोटा कार्यरत छन । अब प्रम कार्यालयमा अतिरिक्त समूहमा लोकनाथ पौडेल (तत्कालिन युवा तथा खेलकुद मन्त्रालयबाट प्रम कार्यालयमा सरुवा), कृष्णहरि पुष्कर (उपराष्ट्रपति कार्यालयबाट प्रम कार्यालयमा सरुवा सरुवा), हरिप्रसाद मैनाली (सार्वजनिक खरिद अनुगमन कार्यालयबाट प्रम कार्यालयमा सरुवा), डा. गोविन्दप्रसाद शर्मा (तत्कालिन वन तथा वातावरण मन्त्रालयबाट प्रम कार्यालयमा सरुवा), डिल्लीराम शर्मा (तत्कालिन स्वास्थ्य तथा जनसख्या या मन्त्रालयबाट प्रमा कार्यालयमा सरुवा) र डण्डुराज घिमिरे (हाल निलम्बनमा) रहनेछन् । यी मध्ये गोविन्द शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।
सरकारले संघीय मामिला सामान्य प्रशासन भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव चन्द्र कला पौडेललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ ।
प्रकाशित: २५ जेष्ठ २०८३ २०:३५ सोमबार





