७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नेपालले २ लाख डलर सहयोग गरेपछि श्रीलङ्काली प्रधानमन्त्रीले भनिन्- आभारी छौं

प्रधानमन्त्री सुशीला कार्की र श्रीलङ्काली समकक्षी डा. हरिणी अमरसुरियाबीच आज टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा श्रीलङ्काका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट दुई लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाल सरकारले श्रीलङ्कामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलङ्काली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरी भनिन्, ‘हामी कहाँ विपद् परेकाबेला सहयोग पठाइदिनुभयो। यसका लागि धन्यवाद छ। आभारी छौँ।’

जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘मित्रराष्ट्र हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्छ। त्यो हाम्रो कर्तव्य र धर्म नै हो। यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईंहरूसँगै छौँ।’

प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएकी थिइन्। दुवै देशका प्रधामन्त्रीबीच आज साँझ ८ः१५ बजेदेखि करिब चार मिनेट कुराकानी भएको थियो।

प्रकाशित: १७ मंसिर २०८२ २१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App