४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मन्त्रीमा नाम आएपछि टासी ल्हाजोम विवादमा, नागरिकता छानबिनको माग

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा नयाँ मन्त्रीका रूपमा चर्चामा आएकी टासी ल्हाजोम नियुक्ति अघि विभिन्न विवादमा  तानिएकी छिन्।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी मन्त्रीमण्डलले दिने विषय बाहिर आएसँगै उनी विवादित बनेकी हुन्। टासीलाई मन्त्रीमा नियुक्त गर्ने विषयमा विशेषगरी कर्णाली जेनजी समूहले आपत्ति जनाएको छ। समूहकी संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गर्दै टासी ल्हाजोमको नागरिकताको विवाद रहेकाले त्यस सम्बन्धी विषयमा तत्काल छानबिनको माग, टासी ल्हाजोम फ्री तिब्बत अभियानसम्बन्धी कुनै गतिविधि वा राजनीतिक अभियानमा संलग्नताको अपुष्ट समाचार प्राप्त भएको हुँदा नेपाल चीन सम्बन्धका सन्दर्भमा संवेदनशीलता कायम राखी कुनै अन्तर्राष्ट्रिय प्रभाव वा संलग्नता भए स्पष्ट पार्नुपर्ने, जेनजी आन्दोलनमा टासी ल्हाजोमको सहभागिता तथा योगदान र कर्णाली प्रदेशका स्थानीय मुद्दा र विकासका क्षेत्रमा उनका योगदानबारे पारदर्शी जानकारी सार्वजनिक गनुपर्ने, कर्णालीको प्रतिनिधित्व गर्ने कुरामा कर्णालीका जेनजी समूहहरूसँग छलफल तथा परामर्श नगरी कुनै पनि निर्णय गर्न नहुने लगायतका माग गरेकी छिन्। 

   

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा जुम्लाका पूर्वसांसद ज्ञानेन्द्र शाहीले पनि टासीको मन्त्री बन्ने विषयमा विरोध गरेका छन्। शाहीले टासी नेपाली नागरिक नभई तिब्बती शरणार्थी भएको र उनलाई अमेरिकी दूतावासले मन्त्री बनाउन खोजेको  आरोप लगाएका छन्। शाहीले सामाजिक सञ्जालमा मार्फत भारतको धर्मशालामा पढेकी, विदेशी दूतावासमा काम गरेकी र फ्री तिब्बत अभियानकी अभियन्तालाई मन्त्री बनाउन लागिएको बताएका छन्।

कर्णाली प्रदेशको प्रतिनिधित्व गराउने उद्देश्यले मन्त्री बनाउन लागेपनि उनको चौतर्फी विरोध मन्त्रीको नियुक्ति अनिश्चित बनेको छ।

प्रकाशित: २५ आश्विन २०८२ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App