राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट शासकबाट मुक्तिका लागि आफूहरूलाई साथ दिनका लागि आह्वान गरेका छन्।
'भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि हामीलाई साथ दिनुहोस्। हामी फेरि उठाउँछौँ राप्रपा नेपाल,' थापाले शुक्रबार (आज) साँझ फेसबूकमा लेखेका छन्।
उनले त्यही पोस्टमार्फत आगामी साउन २० देखि एक महिनासम्म काठमाडौंका विभिन्न क्षेत्रमा प्रशिक्षण दिइने जानकारीसमेत दिएका छन्।
पार्टीको केन्द्रीय प्रशिक्षण विभागले दिने उक्त प्रशिक्षण भदौ २० सम्म हुने उनले बताएका छन्।
प्रकाशित: ९ श्रावण २०८२ १९:१२ शुक्रबार





