नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद महेन्द्रबहादुर शाहीले सभामुख डिपी अर्याललाई पेलेरै अगाडि जाने नीतिमा नजाने चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘सभामुखज्यूलाई म के आग्रह गर्दछु भने संसद्लाई पेलेरै लिएर अगाडि बढ्दा सही गन्तव्यमा पुग्न सकिँदैन। सभामुख भनेको अभिभावक हो। संसद्को गरिमा बढाउने, कायम राख्ने र साँच्चिकै सर्वोच्च निकायको भूमिका पूरा गराउनेमा सभामुखको मुख्य निर्णय भूमिका रहँदै आएको छ र रहन्छ पनि।’
उनले प्रधानमन्त्रीको सीमाबारेको अभिव्यक्तिदेखि लिएर करका दरबारे सूचना चुहावट भएको बारे पनि सरकारमाथि प्रश्न गरेका छन्। प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्तिमा फेरि संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने उनले बताए।
प्रकाशित: २६ जेष्ठ २०८३ १३:३५ मंगलबार





