राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले २०८४ सालको आमनिर्वाचनपछि आफ्नो पार्टी देशकै सबैभन्दा ठूलो पार्टी हुने दाबी गरेका छन्।
डा राजेन्द्र केसीद्वारा लिखित वैकल्पिक सोच नामक पुस्तकको बुधबार विमोचन गर्दै उनले त्यही कारण आफूलाई ठूला भन्ने दलहरू रास्वपादेखि तर्सिरहेको उनले बताए।
'त्यही कारण अनेक प्रोपोगाण्डाहरू ठूला भनिने दलहरू गरिरहको छन्,' उनले भने, 'मैले भारतीय प्रधानमन्त्री सामु गरेको कुराकानी भनी बुधबार मात्रै भाइरल गरिरहेको अडियो कुराकानी पनि त्यसैको उदाहरण हो।'
बुधबार सामाजिक सञ्जाल फेसबुकमा डा वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि पहल गरिदिन र त्यसबापत भारतलाई जुनसुकै सहयोग गर्न पनि तयार रहेको अडियो भाइरल बनेको थियो।
प्रकाशित: १८ भाद्र २०८२ २०:२४ बुधबार


-600x400.jpg)


