१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

निकोलस भुसाललाई छाड्न सर्वोच्च अदालतको अस्वीकार

अनुसन्धान चाँडै सक्न सरकारलाई निर्देशन

अशान्ति फैल्याउने उद्धेश्यसहित अभिव्यक्ति दिएपछि पक्राउ परेका डा.निकोलस भुसाललाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। 

भुसालले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले डा.भुसाललाई थुनामै राखेर अनुसन्धान गर्न भनेको हो । बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै सर्वोच्चले उनीमाथिको छानबिन छिटो टुंगोमा पुर्याउन गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको छ।  

भुसालले कात्तिक १६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उनले बालुवाटारमा ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनी समेत दिएका थिए।

प्रकाशित: २४ कार्तिक २०८२ १९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App