२ मंसिर २०८३ बुधबार
image/svg+xml
राजनीति

सुमना श्रेष्ठले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

पूर्वसांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै आफूले जीवन र कर्मबाट हासिल गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्।

उनले काठमाडौं महानगरपालिकालाई थप व्यवस्थित, समृद्ध र सुशासित बनाउने उद्देश्यसहित मेयर पदमा उम्मेदवारी दिन लागेको बताइन्। यद्यपी, उनले कुन पार्टीबाट चुनावमा उठ्ने जानकारी दिएकी छैनन्।

उनले लेखेकी छिन्,‘ मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित। आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’ 

उनी यसअघि रास्वपाबाट समानुपातिक सांसद थिइन्। उनले पार्टीमा केहि विवादपछि रास्वपा त्याग गरेकी थिइन्। 

प्रकाशित: २ मंसिर २०८३ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App