१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

सुमना जी, गफ गरेर देश बनाउँछु भन्नु भ्रम मात्रै हो : मेयर हर्क

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठलाई आफ्नो पार्टी श्रम संस्कृतिमा आउन आग्रह गरेका छन्।

उनले गफ गरेर देश बनाउँछु भन्नु भ्रम मात्रै भएको बताउँदै श्रम संस्कृतिमा आउन आग्रह गरेका हुन्। मेयर हर्कले नीति र अभ्यास दुवै चाहिने हो भने श्रम संस्कृतिको विकल्प नभएको बताए।

'सुमना जी... अब यतात्यता नगरी श्रम संस्कृतिमा आउनु है! गफ गरेर देश बनाउँछु भन्नु भ्रम मात्रै हो!' सामाजिक सञ्जालमा लेखेका छन्, 'नीति र अभ्यास दुवै चाहिने हो भने श्रम संस्कृतिको विकल्प छैन!'

प्रकाशित: २५ कार्तिक २०८२ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App