२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

सुजाता कोइराला भन्छिन्ः जहाँ रुख त्यही नेपाली कांग्रेस हो, फुटाएर कसैलाई फाइदा छैन

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी फुटाएर कसैलाई पनि फाइदा नहुने बताएकी छन्। मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय पुगेकी नेतृ कोइरालाले यस्तो बताएकी हुन्।  

‘जहाँ रुख छ, जहाँ चार तारे झन्डा छ त्यही नेपाली कांग्रेस हो,’ कोइरालाले भनिन्,‘यहाँ कसैले पनि इगो राखेर हुँदैन। पार्टी फुटाएर कसैलाई पनि फाइदा छैन।’  

केन्द्रीय समिति बैठक पार्टीलाई एकताबद्ध गर्नेगरी राखिएको पनि उनले बताइन्। यसैले संवादमार्फत् सहमति खोज्न बैठकमा आउन उनले विशेष महाधिवेशन पक्षधरलाई आग्रह गरिन्।  

प्रकाशित: २९ पुस २०८२ १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App